‘कहानी तिम्रो मेरो’ मा केकी र निराजन

मङि्सर २९, २०७७


चलचित्र ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरेको टिमले नयाँ चलचित्र बनाउने भएको छ । चलचित्रको नाम ‘कहानी तिम्रो मेरो’ राखिएको छ । यो चलचित्रलाई रोमान्टिक कमेडी कथामा निर्माण गर्ने तयारी यसका निर्देशक विशाल भण्डारीको छ ।

विशालले भने–‘हो, हामी चलचित्रको तयारीमा छौं । अहिले धमाधम कथामा काम भैरहेको छ । ‘कमेडी च्याम्पियन २’ सकिए सँगै यो चलचित्रको छायांकन सुरु हुनेछ । चलचित्रमा नायकको रुपमा निराजन प्रधानले काम गर्नेछन् ।

नायिकामा केकी अधिकारी रहेछिन, अन्य कलाकार पनि फाइनल गर्ने तयारीमा यसको टिम छ।विशालका अनुसार, यो चलचित्रलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने तयारी गरिएको छ । यो टिमले चलचित्र ‘बोक्सीको घर’ बनाउने तयारी पनि थालेको छ ।