के हल खोल्ने निर्णयमा उत्साहित छैनन् कलाकार ?

पुष ०८, २०७७


नेपाल सरकारले ९ महिना देखि बन्द रहेका चलचित्र भवनहरु खोल्न दिने निर्णय अझै गरेको छैन । तर, हलहरुको छाता संगठन चलचित्र संघले भने पौष १० अर्थात शुक्रबारबाट चलचित्र हल खोल्ने निर्णय गरिसकेको छ । पौष १० गते हलमा कुन चलचित्र चल्छ भन्ने अझै पक्का भएको छैन । तर, पौष १० गतेबाट चलचित्र हल संचालन गर्नका लागि हल व्यवसायीहरु तयार छन् ।

सरकारले बल प्रयोग गरेको खण्डमा गिरफ्तारी दिन समेत तयार रहेको हल संचालकहरुले बताउँदै आएका छन् । तर, चलचित्र संघले पौष १० गतेबाट हल खोल्ने निर्णय लिएपनि यसले चलचित्र क्षेत्रलाई उत्साहित भनेको बनाएको छैन । चलचित्र बनाएर बसेका निर्माताहरु तत्काल चलचित्र रिलिज नगर्ने बताउँदै आएका छन् । चलचित्र क्षेत्रदेखि देशको राजनीतिक अवस्थाको बिषयमा बोल्ने धेरै कलाकारहरुले यो बिषयमा केही पनि बोल्न आवश्यक ठानेनन् ।

कलाकारले अभिनय गरेका चलचित्र रिलिज हुने हल संचालन गर्ने तयारी चलचित्र संघले गर्दा पनि कलाकारहरुले यसमा कुनै पनि चासो नदेखाउनुको कारण के होला, चलचित्र संघका पूर्व अध्यक्ष प्रदिप कुमार उदयले केही दिन अगाडि सामाजिक संजालमा स्टाटस लेख्दै कलाकारहरु नबोलेकोमा आश्चर्य प्रकट गरेका थिए । सामाजिक संजालमा अनावश्यक कुरा बढी शेयर गर्न माहिर मानिएका नेपाली चलचित्रका धेरै कलाकारहरुलाई के हल खुल्दा घाटा छ

उदयले, चलचित्र संघले हल खोल्ने निर्णय गर्दा पनि चल्तीका कलाकारहरु जसले हरेक बिषयमा बोल्ने गर्छन् उनीहरुले आफ्नै क्षेत्रको बारेमा नबोलेको देख्या अचम्मित भएको उल्लेख गरेका थिए । उसो त, लकडाउनको समयमा पनि चलचित्र क्षेत्रका धेरै कलाकारहरुले यो क्षेत्रको मुख्य मुद्दा भन्दा अनावश्यक विषयमै बोलेर आफ्नो समय खर्चिएका थिए ।