पीसीआर परीक्षणका लागि तुलसीपुरमै स्वाब संकलन सुरु

बैशाख १९, २०७८     सम्पूर्ण कुरा


दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित मेट्रो सिटिले पीसीआर परीक्षणकालागि स्वाब संकलन सुरु गरेको छ । घोराहीको विएस डाईगोष्टिक सेन्टर र नेपालगञ्जको बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिकको सहकार्यमा तुलसीपुरमै स्वाब संकलन गर्न थालिएको हो ।

मेट्रो सिटीका सञ्चालक बसन्त योगीका अनुसार तुलसीपुरको अरणीको मैदानमा विहान ८ बजेदेखि १० बजेसम्म स्वाब संकलन गरिनेछ । स्वाब संकलनदेखि परीक्षण गरेको शूल्क २ हजार लाग्ने उनले बताए । साथै घरमै गएर पनि स्वाब संकलन गर्न सकिने र त्यसकालागि थप एकहजार शूल्क लाग्ने योगीको भनाई छ ।

कोरोनासंग लक्षण देखिएका विरामीहरुलाई थप सहजताकालागि यस्तो व्यबस्था मिलाईएको उनको भनाई छ । अब स्वाब संकलनकालागि घोराही जानुपर्ने अबस्थाको अन्त्य हुने उनले बताई । आइतबार देखि यो सेवा सुरु भएको हो । स्वाब संकलन गरेको २४ घण्टामा रिपोर्ट आई पुग्नेछ ।