तुलसीपुर बाणिज्य संघका सहकोषाध्यक्ष गौतमको निधन 

बैशाख ३०, २०७८     सम्पूर्ण कुरा


तुलसीपुर उद्योग बाणिज्य संघका सहकोषाध्यक्ष कमल गौतमको निधन भएको छ ।कोरोना भाइरस संक्रमित गौतमको बुधबार राति मेट्रो हस्पिटल काठमाडौंमा उपचारका क्रममा ४४ बर्षको उमेरमा निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ गोझेनी निबासी गौतम तुलसीपुर बाणिज्य संघमा नेपाली काँग्रेसबाट उम्मेदवारी दिइ सहकोषाध्यक्षमा निर्वाचित भएका थिए ।गौतमले यसअघि तुलसीपुर अटो भिलेजको नेतृत्वपनि गरेका थिए ।युवा ब्यबसायी गौतमको निधन प्रति बिभिन्न व्यक्ति र संघ संस्थाहरुले दुःख व्यक्त गरेका छन् ।