आजदेखि निषेधाज्ञामा थप कडाइ, काठमाडाैंमा अत्यावश्यकबाहेक सबै कार्यालय बन्द

बैशाख ३०, २०७८     सम्पूर्ण कुरा


काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यकबाहेक सबै कार्यालय बन्द गर्न भनिएकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाडाैंले सार्वजनिक सूचना निकालेर आजदेखि अत्यावश्यक सेवाका कार्यालयलाई पनि न्यूनतम जनशक्तिमा काम गर्न आग्रह गरेकाे छ । यसअघि अत्यावश्यकबाहेकका कतिपय कार्यालय सीमित जनशक्ति राखेर खाेल्न दिइएकाे थियाे ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीकाे हस्ताक्षरसहितकाे सूचनामा कोरोनाको महामारी तीव्र रूपमा फैलिइरहेकाले नियन्त्रणका लागि यस्ताे निर्णय गरिएको उल्लेख छ । ‘निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालयबाहेक अन्य सबै जिल्लास्थित कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्ने/गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ’,सूचनामा भनिएकाे छ । 

आजै मध्यराति १२ बजेदेखि लागू हुनेगरी आगामी १३ जेठ राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।