मनोपरामर्श सम्बन्धि अन्तरक्रिया

जेठ ०१, २०७८     सुशील बस्नेत




तुलसीपुर,१ जेठ
तुलसीपुर उपमहानगरपालिकाले गठन गरेको कोभिड पीडित ब्यक्ति र परिवारका लागि गठन गरिएको मनोपरामर्श समूहले आज भर्चुअल अन्तरक्रिया गरेको छ ।
आज शनिबारको अन्तरक्रियामा नगर स्तरीय मनोपरामर्श समूहले तयार गरेको कार्यबिधिका बारेमा छलफल भएको थियो । कोरोना पीडित ब्यक्ति र परिवारमा परिरहेको संक्रमणको भय र त्रासबाट मुक्त गराई भाईरसबाट लड्न सक्ने आत्मवलको बिकास गराउने मनोपरामर्श समूहको उदेश्य रहेको छ ।
कार्यबिधिमा बिज्ञ समूह,सञ्चार तथा प्रबिधि र सहयोगी समूह गरि ३ वटा संरचना बनाईएको समूहका संयोजक सुशील बस्नेतले जानकारी दिनुभयो । बिज्ञ समूहमा स्वास्थ्कर्मी र तालिम प्राप्त मनोबिमर्शकर्ताहरु हुने छन् । सञ्चार र प्रबिधिमा रेडियो,टिभी,अनलाईन,पत्रपत्रिका,सामाजिक सञ्जाल,फोन,भर्चुअल माईकिङ लगायतको अधिक्त प्रयोग गरिने छ । युवा क्वल,बिभिन्न भातृ संघसंगठन,जेसीज,रोटरी,लायन्स क्लव,परम्परागत संरचना, नमुना युवा संसद सहयोगी समूह लगायतको सहयोगी संरचनाले भूमिका खेल्ने प्रस्तत कार्यबिधिमा उल्लेख गरिएको छ ।
त्यसअवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले संक्रमित पीडित ब्यक्ति र परिवारलाई सकारात्मक सन्देश र सूचनाको आबश्यकता रहेको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाले गठन गरेका यस्ता संयन्त्रले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गर्नुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका कोभीड फोकल पर्सन बिमल केसी र कोरोना बिशेष अस्पताल ब्यबस्थापन बेल्झुण्डीका द्रोण वलीले कोभिड संक्रमितको अबस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।
त्यसअबसरमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले उपचारले मात्र नभएर सकारात्म र आत्मविश्वासको सन्देश पीडित ब्यक्ति र परिवारलाई आबश्यक परेको बताउनुभयो । त्यसका लागि सञ्चार क्षेत्रले पनि थप महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाका शिक्षा बिज्ञ शिशिर खनाल,पत्रकार गोपाल शर्मा भट्टराई,दिपक बोहोरा,यमकला भुषाल,पूर्ण केसी,सनोद थापा,हेमराज डाँगी,नवराज घिमिरे,समूहका सहसंयोजक शरद रेग्मी सदस्य सुष्मा गिरी,टोपबहादुर महतरा,निर्मल नेपाली,खुमानन्द अधिकारी लगायतले बिभिन्न सुझाब दिनुभएको थियो । नगर स्तरीय मनोपरामर्श समूह गत बैशाख २९ गते तुलसीपुरमा गठन गरिएको हो ।