जिदानले छाडे रियल मड्रिड

जेठ १४, २०७८


काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लब छाडेका छन् ।
लामो समयदेखि रियललाई उत्कृष्ट प्रदर्श गराउँदै आएका उनले क्लब छाडेका हुन् । जिदानले यसअघि नै खेलाडीहरूलाई आफूले क्लब छाड्नेबारेमा जानकारी गराइसकेको थिए । 

उनले रियललाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि जिताएका थिए । फ्रान्सेली प्रशिक्षक जिदानले जिदानले दोस्रोपटक क्लब सम्हालेका थिए । 
रियल यो सिजन उपाधिविहीन भएको हो । ला लिगाको उपाधि जित्ने होप बनाएको रियलले उपाधि जित्न सकेन । 

अब जिदानको स्थानमा रियलले एन्टोनियो कोन्टेलाई क्लबमा भित्राउन सक्ने बताइएको छ । 

जिदान सन् २०१९ मा रियलका मुख्य प्रशिक्षक बनेका थिए । प्रशिक्षक सान्टीयागो सोलारीलाई बर्खास्त गर्दै रियलले जिदानलाई प्रशिक्षक नियुक्त गरेको थियो ।

त्यसअघि जिदानले २०१६ देखि १८ सम्म रियलको टिम हेरेका थिए ।