सिटीलाई हराउँदै चेल्सीले चुम्यो च्याम्पियन्स लिगको उपाधि

जेठ १६, २०७८


१६ जेठ काठमाडौं । काऐ हाभार्टको निर्णायक गोल मद्दतमा म्यानचेष्टर सिटाई पराजित गर्दै चेल्सीले दोस्रो पटक युरोपयन च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

गएराति पोर्चुगलको पोर्टोमा भएको अल इंग्लिस फाइनला म्यानचेष्टर सिटीलाई १-० ले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । यसअघि सन २०१२ मा चेल्सीले पहिलो पटक चयाम्पियन्स लिग उपाधि जितेको थियो । चेल्सीले समग्रमा तेस्रो पटक फाइनल खेल्दा दोस्रो पटक उपाधि जितेको हो  ।

पहिलो पटक फाइनल पुगेको सिटी भने उपविजेतामै सिमित बन्यो । स्टाडिओ डो ड्रागाओमा भएको खेलको ४३औ मिनेटमा काई हाभार्टले मासोन माउन्टको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

त्यही गोल चेल्सीलाई युरोकपको विजेता बनाउन पर्याप्त बनेको हो ।