प्राविधिकलाई राहत दिन स्वस्तिमाको अभियान सुरु

जेठ २२, २०७८


कोरोना कहरले मारमा परेको चलचित्र क्षेत्रका धेरै प्राविधिकहरु समस्यामा छन्। समस्यामा परेका प्राविधिकलाई सहयोग जुटाउने र दिने कार्य भैरहेकै छ। धेरै प्राविधिकले राहत पाइसकेका छन् भने धेरैले पाएका छैनन्। धेरै पाउने क्रममा छन्। यस्तैमा अभिनेत्री स्वस्तिमा खड्काले प्राविधिकहरुका लागि राहत बाढ्न डोनेसन कलेक्सन गर्न सुरु गरेकी छन्।

चलचित्रका धेरै प्राविधिक हरु मध्येमा एक सय जना जति प्राविधिक समस्यामा रहेको जानकारी स्वस्तिमाले पाएपछी यो अभियानको सुरु गरेकी हुन्। उनले आफू संलग्न भएको व्राण्ड र आफ्ना नजिककाहरुसँग सहयोगकालागी कुरा गरिसकेको जानलारी दिएकी छन्।

स्वस्तिमाले आफ्नो फेसबूकमा एक भिडियो पोस्ट गर्दै आफुले सकेको जति सहयोग गर्न आग्रह समेत गरेकी छन्। उनी भन्छिन्-‘एक थुकि सुकि, हजार थुकि नदि। भने झै म मात्रै नसकौँला। तपाइले मात्रै दिएको सहयोग कम होला। तर, हामि सबै मिलेर संकलन गर्यौँ भने त्यो सहयोगले पक्कै पनि त्यो विपन्न र दुखि परिवारको चूल्हो निभ्ने छैन। त्यसैले म सबै इच्छूक साथिहरूलाई अनुरोध गर्छू आउनुस यो कठिन समयमा हातेमालो गरौँ।’