आजको मौसम:केही स्थानमा भारी वर्षाको सम्भावना

जेठ २७, २०७८


काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले (बिहान) देशभर सामान्य बदली रहेर देशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै  स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ विभागले जनाएको छ । देशका केही स्थानमा भारी वर्षाको संभावना छ ।

विभागले आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै  स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका एकदुई स्थानमा भने भारि वर्षाको संभावना छ ।

देशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र केही स्थानमा भारी वर्षा पनि हुने देखिएकाले  आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

हाल नेपालमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।