प्रकृतिलाई बलिउडमा काम गर्ने इच्छा

जेठ ३१, २०७८


फिल्म ‘होस्टेल’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी प्रकृति श्रेष्ठले करीब ६ वर्षपछि फिल्ममा कमब्याक गरेकी छन् । निषेधाज्ञा हुनुभन्दा अगाडि उनले फिल्म ‘बिहे पास’ को छायांकन सकाएकी हुन् । यसका लागि उनी अष्ट्रेलियाबाट नेपाल आएकी थिइन् । फिल्ममा उनको जोडी अभिनेता दयाहाङ राईसँग बाँधिएको छ । फिल्ममा उनीहरु श्रीमान-श्रीमतीको भूमिकामा देखिँदैछन् ।

अब अभिनयलाई निरन्तरता दिने सोचमा रहेकी प्रकृतिलाई बलिउडमा पनि काम गर्ने इच्छा रहेछ । आइतवार इन्स्टामा एक प्रशंसकले बलिउडमा काम गर्ने चाहनाबारे सोधेको प्रश्नमा उनले भनेकी छन्, ‘इच्छा छ । तर मलाई थाहा छ कि यो मेरो सपना मात्र रहनेछ । एक प्रशंसकले मनपर्ने फिल्मबारे सोधेको प्रश्नमा उनले ‘दर्पण छायाँ र कल हो ना हो’ आफ्नो ‘फेभरेट’ भनेकी छन् ।

विक्रान्त मेस्सी र विक्की कौशल उनका मनपर्ने कलाकार रहेछन् । कुनै समय विक्की आफ्नो ‘क्रश’ समेत रहेको उनले बताएकी छन् । उनी भन्छिन्, अहिले त कोही ‘क्रश’ छैन । तर, पहिला विक्की कौशल थिए ।’ एक प्रशंसकले बलिउड फिल्म ‘देवदास’ मा पारो र चन्द्रमुखीमध्ये एउटा भूमिका निभाउने अवसर पाए कुन छान्नुहुन्छ रु भनेर सोधेको प्रश्नमा प्रकृतिले ‘पारो’ भनेकी छन् ।

त्यस्तै, अर्का एक प्रशंसकले उनलाई इन्स्टामा सोधेका छन्, ‘के तपाईंलाई अभिनेत्री हुन मनपर्छ, जवाफमा प्रकृतिले लेखेकी छन् मलाई लाग्छ यो मात्र एउटा चीज हो, जुन म मन पराउँछु र अभिनेत्री हुनुमा रमाउँछु । उनलाई एक प्रशंसकले बच्चाको तयारीबारे पनि सोधेका छन् । उनले सही समय आएपछि बच्चाको तयारी गर्ने बताएकी छन् । प्रकृति अहिले श्रीमानसँग अष्ट्रेलियामा छिन् ।