दाङका सिडिओको व्यापक सक्रियता,तुलसीपुर क्षेत्रमा एकैदिन आधा दर्जन कार्यक्रम

साउन ०६, २०७८     शरद रेग्मी


दाङका प्रमुख जिल्ला अधिकारी राम वहादुर कुरुम्वाङको बिभिन्न कार्यक्रमहरुमा व्यापक सक्रियता देखिएको छ । तुलसीपुर क्षेत्रमा मात्रै एकैदिन उनका आधा दर्जन भन्दा बढी कार्यक्रम सम्पन्न भएका छन । भर्खरै मात्र दाङ जिल्लामा सिडिओको रुपमा सरुवा भएर आउनुभएका कुरुम्वाङ प्रशासनिक क्षेत्रमा अब्बल मानिन्छन । उनको सकृय उपस्थितिमा कहाँ के कार्यक्रम भयो,हेर्नुहोस । अक्सिजन प्लान्ट निर्माणलाई प्राथमिकता कोरोनाको दोस्रो लहर मत्थरसंगै खोप अभियानसमेत चलिरहंदा प्रमुख जिल्ला अधिकारी राम वहादुर कुरुम्वाङ भने अक्सिजन प्लान्टकै समस्या हुन सक्ने भन्दै सकेसम्म अक्सिजन प्लान्ट निर्माणमा जुट्न सरोकारवाला सवैलाइ आग्रह गरीरहेका छन् । क्रमश बजारमा गतिविधिहरु वाक्लो हुंदै गर्दा फेरी कोरोना भाइरसको संक्रमणको तेस्रो लहर आउन सक्ने विज्ञहरुको अनुमानसंगै प्रमुख जिल्ला अधिकारी अक्सिजन प्लान्ट निर्माणलाइ प्रार्थमिकतामा राख्ने अभियानमै छन ।

‘कोरोना भाइरसको तेस्रो संक्रमण फैलियो भने, यहां भएका दश÷वीस वटा सिलिण्डरले प्रयाप्त हुन सक्ने छैन, तत्काल अक्सिजन प्लान्टको निर्माणमा जुट्नु उपयुक्त हुने छ’—तुलसीपुर मेट्रो अस्पतालको अवलोकनका क्रममा प्रमुख जिल्ला अधिकारी राम वहादुर कुरुम्वाङले भने । उनले यस अघि नेपालगन्ज लगायत पश्चिम नेपालका विभिन्न स्वास्थ्य संस्थाहरुमा अक्सिजनको समस्या भोगेको उल्लेखगर्दै अवको लहरमा प्राणवायुको अभाव हुन नदिन सवै पालिकाहरु गम्भीर हुनुपर्ने तर्क गरेका छन् । अवलोकन कार्यक्रमका अवसरमा तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक प्रमुख माया आचार्यले अक्सिजन प्लान्टको निर्माणमा उपमहानगरपालिका पनि गम्भीर रहेको भन्दै अव पहिले जस्तो अक्सिजनको सकस नहुने बताइन् ।

मेट्रो अस्पतालमा हाल पनि १० जना कोरोना संक्रमित विरामीहरुको उपचार भैरहेको छ । आइसियु र एचडियु वेड समेतको सुविधा भएको सो अस्पतालमा तुलसीपुर उपमहानगरपालिकाले ३ जना कन्सल्टेन्ट फिजिसियन, २ जना मेडिकल अधिकृत, ८ जना स्थाफनर्स, एचए, सिएमए, र कार्यालय सहयोगी गरी ४२ जना कर्मचारीको समेत व्यवस्थापन गर।ीसकेको छ ।

उद्योग वाणिज्य संघमा भ्याक्सिन वहश

यसैबीच प्रमुख जिल्ला अधिकारी कोरुम्वाङ तुलसीपुर उद्योग वाणिज्यसंघले आयोजना गरेको भ्याक्सिन वहश कार्यक्रममा पनि सहभागी भए । त्यहां ग्यास व्यवसायी, यातायात व्यवसायी, व्युटिशियन व्यावसायी, नाइसंघ आवद्ध व्यवसायी लगायतले आफुहरुलाइ कोरोनाको खोप उपलव्ध गराउन र व्यवसायलाइ सहज बनाउन आग्रह गरेका थिए । सवै सहभागी व्यवसायीहरुले आफुहरु पनि फ्रन्टलाइनर भएको जानकारी गराउंदै खोपमा प्रार्थमिकता दिन आग्रह गरेका थिए ।

तुलसीपुर उद्योग वाणिज्यसंघका अध्यक्ष राम प्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा ग्यास व्यवसायी सचिन पौडेल, व्युटिसियन तथा पार्लर व्यवसायी सीता अधिकारी, यातायात व्यवसायी लगायतले खोपको माग गरेसंगै प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले प्रार्थमिकताका आधारमा सवैलाइ क्रमश खोप उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

दिदि घरमा सरोकार

प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले तुलसीपुर उपमहानगरपालिका डुम्रिगाउमा सन्चालनमा आएको अनाथ वालवालिकाको आश्रम दिदिघरको सन्चालन प्रक्रिया र जुट्दै आएको सहयोगका विषयमा जानकारी लिए । त्यहा तुलसीपुर उपमहानगरपालिका महिला शाखा प्रमुख माया श्रेष्ठले तुलसीपुर उपमहानगरपालिकाले समेत दिदिघरलाइ ट्रान्जिटका रुपमा प्रयोग गरीरहेको भन्दै यसलाइ नगरपालिकाले पनि अपनत्व लिनसक्ने गरी कार्यक्रम ल्याउन आवस्यक भएको बताइन् । कार्यक्रममा दिदिघरकि सन्चालिका स्यानी चौधरीले आफ्ले सन्चालन गरीरहेको अनाथ वाल गृहको स्वामित्व समेत संस्थालाइनै हस्तान्तरण गर्न चाहेको बताउंदै यसलाय थप व्यवस्थीत रुपमा सन्चालनको व्यवस्थापन मिलाउन सहयोगको याचना गरीन् । सो अवसरमा दिदिघरमा आश्रित वालवालिकाहरुलाइ विभिन्न सहयोग गर्ने किवानेस क्लव र रोटरी क्लवका पदाधिकारीहरुले पनि सहयोगको निरन्तरताको अभिव्यक्ति दिए ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले संस्थालाइ दिगो रुपमा सन्चालनकालागी स्थानिय पालिकाहरुले निति र कार्यक्रममै सम्वोधन गर्न आग्रह गरेका थिए ।

मानव सेवा आश्रमको अवलोकन

मानवता प्रवद्र्धन महाअभियान अन्तर्गत तुलसीपुरमा सन्चालित मानव सेवा आश्रमको पनि प्रमुख जिल्ला अधिकारीले स्थलगत अनुगमन गरेका छन् । सहयोगीहरुको मानो र मुठि सहयोगले चल्दै आएको सो आश्रममा सुत्केरी महिलादेखि मानसिक समस्या भएका सडक मानवहरु आश्रित थिए । त्यहां १९ जना सडक मानवहरुले आश्रय लिइरहेका छन् । विदेशी नागरीकबाट सहयोग नलिने सो संस्थाले नेपालीहरुकै सहयोगबाट संस्था सन्चालन गर्दै आएको छ । पछिल्लो समयमा प्रदेश सरकारले त्यहां स्वास्थ्यकर्मि पनि खटाएको छ । ओषधि उपचार सहित सडक मानवलाइ आवस्यकता अनुसार आश्रय दिने र सम्भव भएसम्म परीवारमा पुर्नस्थापन गर्ने कार्यक्रम रहेको आश्रम सन्चालकले बताएका छन् ।

वालवालिकाका आखामा विशेष ध्यान दिन आग्रह

यसैबीच पूमुख जिल्ला अधिकारी बुभवारै रक्षाचौरको राप्ती आंखा अस्पतालमा पुगे । पछिल्लो समयमा विकाश भएको सुचना प्रविधि र मोवाइल फोनको अधिक्तम प्रयोगको प्रशंग उठाउंदै वालवालिकाहरुमा अहिले स्क्रीन लत लागेको भन्दै उनीहरुको आंखा स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरे । राप्ती आँखा अस्पताल तथा नवनिर्मित ओपीडी भवनको निरीक्षण तथा आँखा स्वास्थ्य सेवाको विषयमा छलफल समेत गरेका छन् । उनले अन्य अस्पताल भन्दा आँखा अस्पताल परिसरमा सरसफाई देखि सवै व्यवस्थापन राम्रो भएको बताए । ‘अन्य अस्पताल त यस्तो देखिनत ?आँखा अस्पताल भर होला आँखाले देख्ने सवै सफा छ –उनले भने । ’ प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले विभिन्न कारणले पछिल्लो समयमा बालबालिकाहरुले सानै उमेरमा आँखा कम देख्ने समस्या आएको बताए ।‘सानै उमेरमा बालबालिका कम देख्ने समस्या आएको छ, यो किन भयो यसको न्यूनिकरणमा आँखा अस्पताल लाग्नु पर्छ उनले भने । त्यसैगरी उनले गैरनाफा मुखि सेवामुलक आँखा अस्पतालको विकासमा स्थानीय सरकारले पनि सहयोग गर्नु पर्ने बताए । ‘ अस्पतालको भौतिक तथा अन्य विकासका लागि स्थानीय प्रदेश सरकारहरुले विशेष सहयोग गर्नुपर्छ हामीहरुत नियम कार्यान्वयन गराउने हौं उनले भने । ’ उनले जनतालाई छिटो छरितो र गुणस्तरीय सेवा दिन तर्फ सवै लाग्नुपर्ने बताए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्माले आफुहरुले यहाँ रहेका स्वास्थ्य संस्थाको विकासका लागि आफुहरुले सहयोग गरि रहेको बताइन् । ‘यहाँका आँखा अस्पताल,स्वास्थ्य संस्थाहरुको विकासका लागि हामीहरुले सहयोग गरिरहेका छौ आगामी दिनमा पनि सहयोग मिल्ने छ उनले भनिन् । कार्यक्रममा ा नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले संघले विभिन्न दातृनिकाय, स्थानीय प्रदेश सरकारको समन्वयमा अस्पतालको भौतिक विकासका साथै सर्वसुल्भ सेवा दिएको बताएका थिए । कार्यक्रममा संघका सचिव तथा अस्पताल व्यवस्थापन समितिका सदस्य सुरेन्द्र खड्काले संघले आँखा स्वास्थ्य सेवालाई जनस्तर सम्म पु¥याउन सवै संग सहकार्य गरेको बताएका थिए । चिफमेडिकल डाईरेक्टर डा सुलक्ष्मी कटुवालले हाल अस्पतालले दिदै आएको सेवा र थप सेवाको विषयमा जानकारी गराएकी थिइन । त्यस्तै अस्पतालका प्रशासक किरण पौडेलले हाल सम्म अस्पतालले दिएका सेवाहरु अस्पतालको भावि योजना तथा अस्पतालले सञ्चालन गरेका आँखा स्वास्थ्य सेवाको विषयमा जानकारी गराएका थिए ।

भोकालाइ भोजनको सुभारम्भ

यसैबीच प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले तुलसीपुरमा आयोजित भोकालाइ भोजन अभियानको समेत सुभारम्भ गर्न भ्याए । जयगुरुदेव अध्यात्मिक संगत दाङले बुधवार देखि तुलसीपुरको समिक्षालयमा भोकालाइ भोजन अभियानको सुरु गरेको छ ।

विशेषगरी प्रादेशिक अस्पताल तुलसीपुरका विरामी र कुरुवालाइ लक्षित गरी सुद्ध साकाहारी भोजन व्यवस्थापन संगै सडकमा हिंड्ने जुनसुकै भोकालाय पनि प्रसादका रुपमा ग्रहण गर्न आग्रह गर्दै उदरपुर्ति अभियान सन्चालनमा आएको बताइएको छ । साकाहारी बनौ, दुव्र्यसनी त्यागौं भन्ने मुल नाराकासाथ सुरु भएको यो अभियान जयगुरुदेवका अभियन्ताहरुले मुठि सहयोग गरी सन्चालनमा ल्याएका हुन् । हरेकले आफुनो आम्दानीको दश प्रतिसत मात्र संकलन गर्न सके यो अभियान निरन्तर सन्चालन हुन सक्ने अपेक्ष अभियन्ताहरुले गरेका छन् । भारतको उज्ययनमा रहेका वावा उमाकान्तजी महाराजको निर्देशनमा यो अभियान सन्चालन गरिएको हो ।