समृद्ध तुलसीपुर नामक पुस्तक बिमोचित

साउन १५, २०७८


तुलसीपुर उपमहानगरपालिकाले जनप्रतिनिधी आएको चार वर्षको अवधीमा भएका नमूना कामको संगालो (समृद्ध तुलसीपुर) नामक पुस्तक विमोचन गरेको छ ।एक कार्यक्रमको आयोजना गरी उपमहानगरपालिकाले पुस्तक विमोचन तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यको अध्यक्षता तथा नगरप्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पत्रकार, राजनितिक दलका प्रतिनिधी, अधिकारकर्मी, जनप्रतिनिधि, सरोकारवाला व्यक्तिहरुको सहभागितामा पुस्तक बिमोचन गरिएको हो ।

पुस्तकमा चारबर्ष सम्म भएका विकास निर्माणका काम, निति, नियम,शुसासन ,शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, उद्यम प्रर्वधन , संस्कृति, पर्यटन, खेलकुद, सिचाई लगायतका विषय बस्तुलाई समेटिएको छ ।सोहि अवसरमा बोल्दै नगरप्रमुख पाण्डेले राजनितीक, जातजाति,भाषाभाषीको आग्रह पुर्वाग्रह नराखी समग्र समावेसी लोकतन्त्रको हिसावले काम गर्ने प्रयत्न गरीरहेको बताउनुभयो । निर्वाचनको बेला जनतासामु गरेका प्रतिबद्धता अनुसार विभेदरहित ढङगबाट आफुहरुले काम गरेको उहाले बताउनुभयो ।

विशेषगरी सडक,शिक्षा,स्वास्थ्य,सिचाईलाई प्राथमिकता दिएर आफुहरुले काम गरेको बताउनुभयो । यस्तैगरी उपमहानगरले चार बर्षको अवधिमा खरको छानामुक्त अभियान,सुत्केरी भत्ता, स्मार्ट छोरी कार्यक्रम, विमानस्थल नियमित सञ्चालन, आधुनिक बसपार्क सञ्चालन,अटोभिलेजको ब्यवस्थापन जस्ता महत्वपुर्ण काम गरेको नगरप्रमुख पाण्डेले बताउनुभयो । यसका साथै तुलसीपुर मेट्रो कलेज, मेट्रो अस्पताल सञ्चालन र नियमित हवाई सेवा तथा ईन्धन डिपो स्थापना पनि यहाको गौरवपुर्ण काम भएको उहाले बताउनुभयो । यहाको शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, उद्यम, संस्कृति, पर्यटन, खेलकुद, सिचाईले स्मार्ट सिटिलाई पछयाएको उहाले बताउनुभयो ।

सोहि अवसरमा समृद्ध तुलसीपुर पुस्तक विमोचन गर्दै महिला अधिकारकर्मि शुष्मा गिरीले सबै क्षेत्रमा भएको गौरवपुर्ण कामको प्रशसा गर्नुभएको थियो ।उपमहानगरको स्मार्ट सिटि अवधारणा अनुसार के कति प्रगति भए यो सबैको चासो विषय बनेको छ । नागरीकको जिवन शैलिमा परीवर्तन देखि लिएर गुणस्तरीयतामा ध्यान दिदै २५ बर्षिय रणनितिक योजनाहरुले महत्वपुर्ण भुमिका खेल्ने नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले बताउनुभयो ।