ईपीएलमा सन्दीपले काठमाडौंको कप्तानी गर्ने

साउन १८, २०७८


नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमाडौं किङ्स–११ को कप्तानी गर्ने भएका छन्  ।

काठमाडौंले सन्दीपको जन्मदिनको अवसर पारेर उनलाई कप्तानीको जिम्मेवारी दिएको बताएको छ । 

काठमाडौंले सोमबार सामाजिक सञ्जालबाट राष्ट्रिय टिमका लेग स्पिनर सन्दीपलाई कप्तानीको जिम्मेवारी दिइएको जनाएको हो ।

सन्दीप यसै सिजनका लागि काठमाडौंमा आबद्ध भएका हुन् । सन्दीपले तेस्रो संस्करणमा ललितपुर प्याट्रियट्सबाट खेलेको थिए ।

चौथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

यसपटक काठमाडौंबाट पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीलेसमेत खेल्ने छन् ।