कार्यक्षेत्रलाइ होम अवे फ्रम होम बनाउन सकेमा आफ्नो काममा दत्तचीत हुन सकीने – मुख्य न्यायधिस गौतम

भदौ ०१, २०७८     चेतन रेग्मी


अफिसर्स क्लव तुलसीपुरको २०औ अधिवेशन तथा वार्षिक साधारणसभा सम्पन्न

उच्च अदालत तुलसीपुरका माननीय मुख्य न्यायाधीश नीता गौतम दीक्षितले राष्ट्रसेवक कर्मचारीहरुले आफु कार्यरत क्षेत्रलइ आफ्नो घर सम्झेर इमान्दारी र आनन्दर्पुवक कार्यसम्पादन गर्नुपर्ने बताउनुभएको छ । अफिसर्स क्लव तुलसीपुरको २० औ अधिवेशन तथा वार्षिक साधारणसभामा बोल्दै उहाँले कार्यक्षेत्रलाइ होम अवे फ्रम होम बनाउन सकेमा आफ्नो काममा दत्तचीत हुन सकीने बताउनु भयो । सरुवा कर्मचारीको परीचय भएकाले यस्लाइ स्वभाबीक रुपमा लिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा क्लवका संरक्षक १९ नम्बर बाहिनी तुलसीपुरका बहिनीपति मदन कुमार केसीले नेपाली सेना जनताको सेवामा निरतर लागीरहेको बताउनुभयो । क्लब संग सहकार्य गरेर बिगतका दीनमा दाङ लगायत आसपासका जिल्लाका बिकट स्थानमा स्वास्थ्य सेवा संचालन गरेको अबगत गराउदै उहाले अहिलेपनी सहकार्यगर्न तयार रहेको बताउनुभयो । क्लवका संरक्षक प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले दाङ जिल्ला भौगोलिक हिसाबले ठुलो भएकाले प्रसासनीक कार्य तुलसीपुर र लमहीबाट पनी सुरु गरेको जानकारी गराउनु भयो ।

सरकारी कार्यालयहरु बिच समन्वय नहुदा सानो समस्याले पनी जनताले लामो समय दुखपाउने गरेको बताउनु भयो । सडक डीभीजन कार्यालय,फोरलेन आयोजना, स्थानीय सरकार बिच समय नहुदा जम्मा साडे एकलाख खर्च लागेको पत्रे खोलामा नागरीकहरुले बर्षौ दुख पाए । क्लबका सल्लाहकार प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक मुकुन्दराज आचार्यले नयाँ कार्यसमितिलाई स्वागत गर्दै सुभकामना दिनुभएको थियो ।

सभाले इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यज्ञबहादुर बुढाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्बसमतरुपमा चयन गरेको छ, जसको उपाध्यक्षमा नारायणी रजौरे, सचिव टोप वहादुर डाँगी , कोषाध्यक्षमा लिलाबाबु सिवाकोटी सचिवमा गोकर्ण ओली रहनुभएको छ । त्यसै गरि सदस्यहरूमा टोपेन्द्र कुमार थापा, श्यामु अर्याल, तिलक केसी, मिनराज पाण्डे र माया श्रेष्ठ रहनुभएको छ । कार्यक्रममा आर्थिक वर्ष २०७७/७८को बार्षिक प्रगती प्रर्तिबेदन महासचिवको अनुपस्थितिमा क्लबका सदस्य पवन कुमार योगीले गर्नु भएको थियो भने आर्थिक प्रर्तिवेदन कोषाध्यक्ष लिलाबाबु सिवाकोटी अस्वस्थ भएका कारण पूर्व महासचिव टोप बहादुर डाँगीले प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा नयाँ सदस्यहरुलाई स्वागत तथा सदस्यता प्रदान गरिएको थियो । क्लबका कार्यबाहक अध्यक्ष नारायणी रजौरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचीव ललीत घर्तीले गर्नुभएको थीयो ।