राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

भदौ ०२, २०७८


भदौ २, राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन । बुधबार राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा १ बमोजिम उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्त द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्न मंगलबार राष्ट्रपति भण्डारी समक्ष सिफरिस गरेको थियो । उक्त अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।