प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच मन्त्रिपरिषद बिस्तारका विषयमा छलफल

भदौ ०३, २०७८


प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन् । प्रधानमन्त्री देउवा र अध्यक्षद्वय प्रचण्ड र नेपालबीच बिहीबार बिहान भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवाका निजी सचिव भानु देउवाले भेटवार्ता जारी रहेको बताए । सरकारले अध्यादेश ल्याएपछि नेपालले बुधबार नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । समसामयिक राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद बिस्तारलगायत विषयमा कुराकानी भएको स्रोतको भनाइ छ ।