लुम्बिनी प्रदेशसभाको बैठक भदौ ७ गते सम्मका लागि स्थगित

भदौ ०३, २०७८


लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक सूचना टाँस गरेर भदौ ७ सम्मका लागि स्थगित गरिएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पछिल्ला बैठकमा अवरोध गर्दै आएको छ । एमालेको अवरोधका कारण पछिल्ला दुईवटा प्रदेशसभा बैठक स्थगित भएका थिए ।

एमालेले पार्टीको ह्वीप विपरीत सरकारलाई समर्थन गरेको भन्दै कारबाही गरेका सांसदद्वय अजयबहादुर शाही र विमला वलीलाई संसद सचिवालयले पदमुक्त नगर्दा सम्म सदन चल्न नदिने अडान राख्दै आएको छ । पार्टी निर्देशन विपरीत काम गरेको र कुलप्रसाद केसी नेतृत्वको सरकारलाई समर्थन गरेको भन्दै एमालेले शाही र वलीलाई सांसदबाट पदमुक्त गर्न संसद सचिवालयमा पत्र बुझाएको थियो ।