एमाले समाजवादी सनाखत हुनासाथ मन्त्रिमण्डल विस्तार हुन्छ प्रचण्ड

भदौ ०३, २०७८


भदौ ३, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माधव कुमार नेपालको नेकपा एमाले समाजवादी ले निर्वाचन आयोगबाट मान्यता पाउने बित्तिकै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउका छन् । काठमाडौंमा समाजवादी केन्द्रद्वारा बिहीबार आयोजित अन्तक्र्रियामा प्रचण्डले त्यस्तो बताएका हुन् । आजको छलफलबाट नयाँ दल सनाखत हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार गर्नुपर्छ भन्ने सहमति भएको छ ।

उनले यसअघि केपी ओली नेतृत्वको सरकारले र अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश दोस्रो संशोधनमा आकाश र जमिनको अन्तर रहेको जिकिर गरेका छन् । अहिलेको सरकारले लयाएको अध्यादेश गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि भएको उनले दाबी गरे ।