चलचित्र “चुरीफुरी” युनिटले तीजको कोसेली बाड्यो

भदौ ११, २०७८     शिव पुन


काठमाडौ ११ भाद्र ।
सम्पूर्ण छायांकन सकेर पोस्ट प्रोडक्सनमा रहेको चलचित्र “चुरीफुरी” युनिटले केन्द्रिय कारागार सुन्धारामा रहेका ३६० कैदीबन्दीहरुलाई राहत स्वरुप तिजको कोसेली बितरण गरेको छ। बरिस्ठ समाजसेवी इन्दिरा राना मगरको संयोजनमा चलचित्रका सह निर्माता शिव थापा,सह निर्मात्री बिमला भुसाल तथा चलचित्रका निर्देशक ऋषिराज आचार्यले कोसेली स्वरुप चुरा ,टीका,काटा जस्ता शृङारका सामग्रीहरु वितरण गरेको हो। निर्देशक आचार्यले आफ्नो कारणले उनीहरुको मुहारमा उज्यालो देख्न पाउँदा निकै खुशी लागेको बताए। त्यसैगरी सह निर्माता शिव थापाले आफू केही समय नेपालमा बस्दा यस्तो समाजसेवामा जोडिन पाउँदा समाजसेवी इन्दिरा राना मगरलाई धन्यवाद दिएका थिए। स्मरण रहोस् चुरीफुरी युनिटले कोरोना महामारीले लकडाउन भएको समयमा पनि चलचित्र प्राविधिकहरुलाई राहत वितरण गरेको थियोे ।

चलचित्र चुरीफुरीमा रबिन्द्र झा,शिशिर भन्डारी ,राजिब जङ बस्नेत ,अभिषेक श्रेष्ठ ,पुजा पन्त,सोना बज्राचार्य ,दिपक आचार्य (काकु) ,सुबोध गौतम (एदुमे) ,पबन खतिवडा (म्याकुरी) ,सुरबिर पन्डित,राजेन्द्र खाती,सुनिता श्रेष्ठ ,लक्ष्मी ढकाल (जोया) ,सरिस्मा मगर,अस्मिता गौतम लगाएतका कलाकारहरुले अभिनय गरेका छन । दिपक शर्माको संगीत र भिमफेदी ग्रुपको कोरियोग्राफी रहेको छ। यसैगरी समीर आचार्य ,विस्व नेपाली ,बेनिशा पौडेलको स्वर रहेको छ। चलचित्रका सह निर्माता बिमला भुसाल ,राजेन्द्र खाती र शिव थापा मुख्य निर्माता ऋषिराज आचार्य र रिना ढकाल (भण्डारी ) रहेका छन। चलचित्र स्थिति सामान्य हुनासाथ रिलिज हुनेछ।