तुलसीपुरमा असोज ९ र १० गते कोभिड खोप लगाईने

असोज ०६, २०७८


असोज ६, तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा ४५ बर्ष भन्दा माथिका सबै व्यक्तिलाई कोरोना विरुद्धको खोप लगाईने भएको छ । जिल्ला खोप समितीको निर्णय अनुसार यहि असोज ९ र १० गते सम्बन्धित वार्डको स्वास्थय केन्द्र बाट भेरोसेल खोप लगाइने भएकोले उमेर खुल्ने परिचय पत्र सहित उमेर पुगेका सबै उपस्थित भई खोप लगाउनु हुन तुलसीपुर उपमहानगरपालिका जनस्वास्थय प्रबर्द्धन शाखा ले अनुरोध गरेको छ । पहिलो मात्रा लगाएर ३ हप्ता पुगी सकेका व्यक्तिहरूले पनि सम्बन्धित वार्डको स्वास्थ्य केन्द्रमा पहिलो मात्रा लगाएको खोप कार्ड देखाएर दास्रो मात्रा खोप लगाउन सक्नेछन ।