कर्णालीका मुख्यमन्त्री शाहीले मंसिर १४ मा विश्वासको मत लिने

मङि्सर ०३, २०७८


मंसिर ३, कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंसिर १४ गते विश्वासको मत लिने भएका छन् । सोही प्रयोजनका लागि प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले मंसिर १४ गते दिउँसो १ बजेका लागि प्रदेशसभा अधिवेशन आह्वान गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्‍यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि संविधानको १८३ को उपधारा १ बमोजिम कर्णाली प्रदेशसभाको अधिवेशन आह्वान गरिएको हो ।

मुख्यमन्त्री नियुक्त भएको एक महिनाभत्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । शाही आफ्नै पार्टी नेपाल कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादीको समर्थनमा कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।