दाङको प्रदेशसभा क्षेत्र ३ (क) को सभापतिमा देवेन्द्र रिजाल निर्वाचित

मङि्सर ०४, २०७८


दाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ (क) को सभापतिमा देवेन्द्र रिजाल निर्वाचित भएका छन् । रिजाल १९१ मतका साथ सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी बलीराम खत्रीले १५२ मत पाएका छन् ।

रिजालसहित एक जना सचिव बाहेक पदाधिकारी सबैमा उनकै प्यानल निर्वाचित भएको छ । उपसभापतिमा पुष्पराज गिरी १९४ र शालिकराम रेग्मी १८० मतका साथ विजयी भएका छन् । सचिवमा तेजबहादुर डाँगी १९८ र किरण केसी १८४ मतका साथ विजयी भएका छन् । किरण खत्री प्यानलका हुन् ।

सहसचिवमा राजेन्द्र महतरा १७९ मत र रञ्जन कुमार गौतम १७४ मतका साथ निर्वाचित भएका छन् । रिजाल नेतृत्वको प्यानललाई कांग्रेस केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री दिपक गिरी, लुम्बिनी प्रदेशसभा सांसद शंकर गिरी लगायतको समर्थन थियो ।