दाङमा पूर्वमन्त्री एवं केन्द्रीय सदस्य दीपक गिरीको दबदबा

मङि्सर ०५, २०७८


मंसिर ५, नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दाङमा संस्थापन इतर पक्षले पकड कायम गरेको छ । शनिबार भएको निर्वाचनको परिनाम अनुसार केन्द्रीय सदस्य दीपक गिरीको प्यानल दाङ जिल्लामा हाबी देखिएको छ । केन्द्रीय सदस्य दीपक गिरीको संयोजनमा दाङका ६ मध्ये ५ प्रदेशसभामा संस्थापन इतर पक्षले जित हासिल गरेको हो ।

पूर्वमन्त्री एवं केन्द्रीय सदस्य गिरीको क्षेत्र नम्बर ३ (क) को सभापतिमा देवेन्द्र रिजाल (ख) को सभापतिमा खिमबहादुर वली विजयी भएका छन् । क्षेत्र नम्बर १ (क) को सभापतिमा श्रीपद चौधरी (ख) को सभापतिमा दिनेश गिरी निर्वाचित भएका छन् । त्यस्तै क्षेत्र नम्बर २ (ख) मा अभियान बस्नेत सभापतिमा निर्वाचित भएका छन् । उनीहरू सबै केन्द्रीय सदस्य गिरी निकट हुन् । केन्द्रीय राजनीतिमा गिरी बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला निकट मानिन्छन् । प्रदेश प्रतिनिधिमा पनि संस्थापन इतरकै बहुमत रहेको छ ।

संस्थापन पक्षले क्षेत्र नम्बर २ (क) मा मात्रै जित हात पारेको छ । सो प्रदेशसभा क्षेत्रमा प्रकाश श्रेष्ठ सभापतिमा निर्वाचित भएका छन् । तीन प्रतिनिधिसभा क्षेत्र रहेको दाङमा अब मंसिर ६ गते क्षेत्रीय अधिवेशन हुनेछ ।