एमाले उपाध्यक्षमा उम्मेदवारी दिने घनश्याम भुसालको तयारी

मङि्सर ०६, २०७८


मंसिर ६, नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले १० औं राष्ट्रिय महाधिवशेनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । यसअघि आफू निकटसँग महासचिवमा उम्मेदवारी दिन सक्नेबारे छलफल गरेका भुसाल महाधिवशेन नजिकिँदै गर्दा उपाध्यक्षको तयारीमा पुगेका हुन् ।

उहाँलाई धेरैतिरबाट उपाध्यक्षमा उम्मेदवारी दिन सुझाव आएको छ । महासचिवमा उठ्दा हार्न सकिने तर उपाध्यक्षमा सम्भावना हुने शुभचिन्तकको बुझाइ छ, भुसालनिकट एक नेताले सेतोपाटीसँग भने,अहिलेनै केही सार्वजनिक भएको छैन । तर उहाँले उपाध्यक्षमै उम्मेदवारी दिनुहुन्छ होला ।

उपाध्यक्ष भए नेतृत्वमा रहिरहन सहज हुने भुसालको बुझाइ छ । यद्यपी भुसालले महाधिवेशनमा आफू कुन पदमा उठ्ने भन्नेबारे मुख खोलेका छैनन् । एमालेको १० औं महाधिवेशनमा अहिलेसम्म भीम रावलले मात्रै अध्यक्ष पदका लागि औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन् ।