ओमिक्रोन देखिएका दुवै जना निको भए

मङि्सर २२, २०७८


मंसिर २२, कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएका दुवै जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुवै जनाको मंगलबार कोरोना परीक्षण गरिएको थियो । दुवै जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए ।

नेपालमा पहिलो पटक मंसिर १९ गते दुई जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको थियो । ओमिक्रोनको संक्रमण देखिएको देशबाट आएका एक जना विदेशी नागरिक र उनको सम्पर्कमा रहेका एक जना नेपालीमा संक्रमण देखिएको थियो । दुवै जनालाई आइरसोलेसनमा राखिएको थियो । उनीहरुलाई स्वास्थ्यकर्मीले निगरानी गरेका थिए । दुवै जनाको मंगलबार कोरोना परीक्षण गरिएको थियो ।