पदाधिकारीमा उम्मेदवार चयन गर्न देउवाले बोलाए आफुनिकट नेताहरुको बैठक

मङि्सर २२, २०७८


मंसिर २२, नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि उम्मेदवार चयन गर्न संस्थापन पक्षको बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारीमा उम्मेदवार चयन गर्न आफूनिकटका नेताहरुको बैठक बोलाएका हुन् । बैठक देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने बताइएको छ। बैठकले सभापति बाहेक अत्य पदाधिकारीमा उम्मेदवारको टुङ्गो लगाउने छ ।

सभापतिमा देउवा आफै उम्मेदवार बन्ने बताइसकेका छन् । त्यसका लागि सहयोग गर्न सबैलाई आग्रहसमेत गरिसकेका छन् । देउवा पक्षबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उपसभापति बन्ने चर्चा छ। महामन्त्री र सहमहामन्त्री पदका लागि भने आकांक्षी धेरै भएपछि उम्मेदवारको टुंगो लगाउन देउवालाई सकस हुने देखिन्छ । दुई महामन्त्री पदका लागि ७ जनासम्म आकांक्षी छन् ।

बालकृष्ण खाँण, डा प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, विश्वप्रकाश शर्मा लगायत आधा दर्जन नेताहरु महामन्त्री बन्ने दौडमा त्यस्तै समावेशी अन्तर्गत आठ सहमहामन्त्री पदका लागि पनि आकांक्षी धेरै हुँदा संस्थापन समूहमा उम्मेदवार तय गर्न सकस छ । सहमहामन्त्रीमा खस–आर्य, महिला, दलित, मधेशी र आदिवासी जनजातीतर्फ सहमहामन्त्री पदमा आकांक्षीको संख्या धेरै छ । कोषाध्यक्ष भने केन्द्रीय कार्यसमितिबाट मनोनित गर्ने व्यवस्था कांग्रेस विधानमा छ ।