भृकुटीमण्डपमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको उद्घाटन

मङि्सर २४, २०७८


मंसिर २४, नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको पहिलो दिन आज उद्घाटन समारोह हुँदैछ ।दिउँसो करिब २ बजेदेखि सुरु हुने उद्घाटन समारोहमा अन्य दलका अध्यक्षसहितका प्रमुख व्यक्तिहरु पनि आउनेछन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत प्रमुख राजनीतिक दलका प्रमुखहरुलाई निम्ता गरिएको छ ।

त्यस्तै छिमेकी मुलुकको राजनीतिक व्यक्तित्वहरुलाई पनि महाधिवेशनमा निम्ता गरिएको छ । अहिले मञ्च सजाउने देखि कुर्सी मिलाउने, साउण्ड सिस्टमको व्यवस्था गर्ने काम भृकुटीमण्डपमा भइरहेको छ,। नेता कार्यकर्ताहरुको उपस्थिती बिहानै बाट बाक्लिएको छ । स्वयंसेवकहरु आ–आफ्नो जिम्मेवारी अनुसार खटिएका छन् । त्यस्तै प्रहरीहरु पनि बिहानैदेखि भृकुटीमण्डप क्षेत्रमा देखिएका छन् । भीभीआइपी व्यक्तिहरुको उपस्थिती हुने भएका कारण सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । भृकुटीमण्डप क्षेत्रवरपर सार्वजनिक तथा निजी सवारी साधन प्रवेशमा रोक लगाइएको छ ।