कांग्रेस केन्द्रीय सदस्यमा आनन्द ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित

मङि्सर २६, २०७८


मंसिर २६, नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् । प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ढुंगाना र रिजाल निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन समितिले दिएको समयसीमामा जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएसँगै उनीहरु केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।

ढुंगाना र रिजाल दुबै संस्थापन पक्षका हुन् । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिजो उम्मेदवारी दर्ता भएको थियो । उम्मेदवारहरुको मनोनयन फिर्ता लिने समय आज बिहान ११ बजे सम्म छ ।