कांग्रेस महाधिवेशनमा आज उम्मेदवारी फिर्ता लिने समय

मङि्सर २६, २०७८


मंसिर २६, नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शनिबार उम्मेदवारी दर्ता भएको छ भने आज उम्मेदवारी फिर्ता लिने सयम तोकिएको छ ।कांग्रेस निर्वाचन समितिका अनुसार सभापतिमा ६ जनाको सहित पदाधिकारीमा ३९ जनाको उम्मेदवारी परेको छ ।

नयाँ कार्यसमिति चयनका लागि शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन समयावधि तोकिएको थियो । निर्वाचन समितिका अनुसार सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधी, डा. शेखर कोइराला, कल्याण गुरुङ र युवराज न्यौपानेको उम्मेदवारी परेको छ ।

महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । आज साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ, त्यसपछि सोमबार बिहान ८ बजेदेखि मतदान हुने भएको छ ।