मतदानअघि शेखरले भेटे रामचन्द्रलाई, जितका लागि आशिर्वाद र शुभकामना

मङि्सर २७, २०७८


मंसिर २७, नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका नेता शेखर कोइरालाले मतदान हुनुअघि वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका छन् । सोमबार बिहान पौडेल निवास बोहराटार पुगेर कोइरालाले पौडेललाई भेटेका हुन् ।

भेटका क्रममा पौडेलले कोइरालालाई जितका लागि आशिर्वाद र शुभकामना दिएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार बनाउन नसकेपछि तेह्रौं महाधिवेशनमा सभापति उठेका पौडल अहिले नेतृत्वको दौडबाट बाहिरिएका छन् ।

उनको सचिवालयले आज हुने मतदानमा पनि पौडेल सहभागी नहुने बताएको छ । पौडेलले आफ्नो समूहका नेताहरूलाई मिलेर एक जना उम्मेदवार बन्न नभए आफूलाई सघाउन भनेका थिए । कुरा नमिलेपछि अहिले कोइराला र प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिएका छन् ।