संसदको प्रभावकारिताका लागि राजनीतिक दलहरूको भूमिका निर्णायक : सभामुख सापकोटा

मङि्सर २७, २०७८


मंसिर २७, मंगलबार देखि संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ । त्यसका लागि आज सोमबार सभामुख सापकोटाले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको अवलोकन गरेका छन् । त्यसक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संसदको प्रभावकारिताका लागि राजनीतिक दलहरूको भूमिका निर्णायक हुने बताए । सभामुखको भूमिका समन्वय र सहजीकरण गर्ने रहेको उल्लेख गर्दै उनले संसदमा रहेको गतिरोध अन्त्यका लागि राजनीतिक दलहरूसँग छलफल गर्ने र आवश्यकताअनुसार सर्वदलीय बैठक राख्ने बताए ।

सभामुख सापकोटाले विधेयक अधिवेशन भएकाले यस अधिवेशनबाट विधेयक पास गर्ने र विधेयक पास गराउनका लागि समझदारी जुटाउने मूल एजेन्डा रहेको जानकारी दिए । उनले एमालेले विगतमा गरेको संसद अवरोध संविधान र नियमसम्मत नभएको आरोप पनि लगाए । उनले आफूले नेपालको संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर तटस्थ र निष्पक्ष भूमिका निर्वाह गरिरहेको दाबी गर्दै अब पनि त्यही गर्दै अघि बढ्ने बतानए ।