कांग्रेसको सभापति देउवालाई प्रचण्डको बधाई

मङि्सर २९, २०७८


मंसिर २९, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली कांग्रेसको सभापतिमा विजयी भएकोमा बधाई दिएका छन् । उनले आज बुधबार फोन गरेर सभापतिमा देउवाको दोस्रो कार्यकालको सफलताको शुभकामना दिएको अध्यक्ष उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवा कांग्रेसको १४ औं महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका हुन् । १३ औं महाधिवेशनमा पनि देउवा नै सभापतिमा निर्वाचित भएका थिए ।