नवनिर्वाचित सभापति देउवालाई बधाई दिँदै पौडेलले भने- लोकतन्त्रको रक्षामा सफलता मिलोस्

मङि्सर २९, २०७८


मंसिर २९, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीको नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवालाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

नेता पौडेलले आज बुधबार एक बधाई सन्देशमा जारी गरेर देउवालाई शुभकामना दिएका हुन्। उनले सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस् भन्ने कामना पनि उनले व्यक्त गरेका छन्।

‘एकातिर सात दशक लामो सङ्घर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधानसभामार्फत जारी संविधान अहिले पनि खतरामुक्त भइसकेको छैन भने अर्कातिर नेपाललाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छन्,’ उनले लेखेका छन्, ‘यी दुवै संकटबाट देशलाई पार लगाउन एकताबद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता हो।