कांग्रेस महामन्त्री पदको मतगणना सुरु

पुष ०१, २०७८


पुस १, नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना शुरु भएको छ । पार्टी कार्यालय सानेपामा साढे १० बजेबाट मतगणना शुरु भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सिताराम केसीले जानकारी दिएका छन् । उनले मतगणना तीन स्थानमा सुरु गरिएको र ६ घण्टाभित्र मतपरिणाम आइसक्ने जानकारी समेत दिएका छन् ।

कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । महामन्त्री पदमा पार्टीका युवा नेताहरु गगन कुमार थापा, डा प्रकाशशरण महत, प्रदिप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्मा उम्मेदवार छन् ।