अमृतपुर खानेपानीमा काँग्रेस नेतृत्वको लोकतान्त्रिक प्यानलको क्लिन स्वीप

फागुन २९, २०७८


तुलसीपुर, २९ फागुन ।

तुलसीपुरस्थित अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नयाँ नेतृत्व चुन्न भएको मतदानको परिनाम सार्वजनिक भएको छ ।

जहाँ नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक प्यानलले क्लीन स्वीप गरेको छ । अध्यक्षमा नेपाली काँग्रेस निकट चन्द्रकान्त शर्मा ९खरेल० ११६२ मत प्राप्त गरि निर्वाचित भएका छन् ।

प्रतिष्पर्धी तथा नेकपा एमालेका नेतृत्व रहेको संयुक्त प्यानलका भिमकान्त बस्याल ९संगीत० ले १०४१ म्त प्राप्त गरे । शर्माले बस्याललाई १२१ मतान्तरले पराजित गरेका हुन ।
यो संगै शर्माले अमृतपुर खानेपानीमा लगातार २२ बर्षसम्म नेतृत्व गर्ने अवसर प्राप्त गरेका छन् ।

उनी यसअघि लगातार १८ बर्षदेखि उक्त खानेपानी संस्थाको अध्यक्षको पदमा रहेर काम गर्दै आएका थिए । यस पटकको निर्वाचनवाट फेरि अध्यक्षमा निर्वाचित भएपछि थप चार बर्ष नेतृत्वको अबसर उनले प्राप्त गरेका छन् ।

उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका केशबराज सापकोटा १२६९ मत प्राप्त गरि निर्वाचित हुँदा प्रतिष्पर्धी संयुक्त प्यानलका बिजयकुमार मल्लले ७२८ मत मात्रै प्राप्त गर्न सके । सापकोटा दोब्बर बढी मतान्तरले निर्वाचित भएका छन् ।

त्यस्तै सचिव पदमा लोकतान्त्रिक प्यानलका दशरथ वली १३६४ मत प्राप्त गरि निर्वाचित हुँदा संयुक्त प्यानलका रुपबहादुर खत्रीले जम्मा ६५७ मतमात्रै प्राप्त गर्न सके ।

तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व महासचिव समेत रहेका खत्रीलाई वलीले दोब्बर बढी मतान्तले पराजित गरेका छन् ।

कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलका केशबबहादुर वली ९९० मत प्राप्त गरि निर्वाचित हुँदा प्रतिष्र्धी इश्वरीप्रशाद पाण्डेले ९१४ मत प्राप्त गरे ।

त्यस्तै सहसचिवमा लोकतान्त्रिक प्यानलका कमलाकुमारी अधिकारी १००७ मत प्राप्त गरि निर्वाचित हुँदा प्रतिष्पर्धी संयुक्त प्यानलकी रक्षा काफ्ले खड्का ९अनु०ले ८०२ मत प्राप्त गरेकी थिइन ।

त्यस्तै सदस्यहरुमा लोकतान्त्रिक प्यानलका नरबहादुर वली १०६२ , लालबहादुर वली ८९५ , अमृता शर्मा न्यूरे १०२२ मत र सबिता वली ८३५ निर्वाचित भएका छन् ।
उनीहरुका प्रतिष्पर्धीहरु संयुक्त प्यानलका कान्तप्रशाद खरेल ६८१ , गंगाधर गैरे ६९८ , सिताकुमारी केसी ५६५ र भिमा खड्का ५६७ र देबकुमारी भण्डारी वली २८४ मत पप्त गरि पराजित भएका छन् ।
निर्वाचन अधिकृत पारेश्वर भट्टराइका अनुसार ३१४६ कुल मतदाता मध्य २३६९ मत खसेको थियो । त्यसमध्य २८ मत बदर भएको थियो ।
नेतृत्व चुन्न शनिबार मतदान भएको थियो भने मत परिनाम आइतबार बिहान मात्रै सार्वजनिक भएको हो ।

अमृतपुरमा नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा ९एकीकृत समाजबादी० लगाएतका गठबन्धन दलहरुको लोकतान्त्रिक संयुक्त गठबन्धन थियो भने नेकपा एमाले नेतृत्वमा बिप्लव नेतृत्वको नेकपा, राप्रपा लगाएतका दलहरुको संयुक्त प्यानल रहेको थियो ।