महाभियोग प्रस्ताव पेश गर्दै प्रतिनिधि सभाको बैठक स्थगित

फागुन २९, २०७८


फागुन २९, प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव पेस गरेपछि आजको बैठक स्थगित भएको हो । बैठकमा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्ताव छलफलका लागि पेश गरेका छन् । प्रस्तावमाथि प्रतिनिधि सभाको अर्को बैठकमा छलफल हुने सभामुख अग्नि प्रसाद सापकोटाले जानकारी गराए । प्रतिनिधि सभाको अर्को बैठक चैत २ गते बुधबार दिउँसो १ बजे बस्नेछ ।