उल्टो हिँडेर पैदल यात्रा गर्ने ऋषि लाई सिसहनियाँमा स्वागत

फागुन २९, २०७८     तिर्थराज ज्ञवाली



दाङ २९ फागुन ।

उल्टो हिँडेर पैदल यात्राको अभियान सुरु गरेका दाङ तुलसीपुर–३ रानागाउँका ऋषि परियारलाई सिसहनीयाँमा स्वागत गरिएको छ ।
नेपाली काग्रेशका युवा नेता तथा कार्यपालिका सदस्य सन्जीव छिनालले एक कार्यक्रमको आयोजना गरि ऋषि परियारलाई सिसहनिया बासीको तर्फवाट स्वागत तथा शुभकामना ब्यक्त गरिएको हो ।
ब्यवसायी समेत रहेका सन्जीव छिनालले आयोजना गरेको स्वागत तथा शुभकामना ब्यक्त गर्ने कार्यक्रममा सिसहनिया उद्योग बाणिज्य संघ, चेम्वर अफ कमर्श, सिसहनिया खानेपानी तथा सरसफाई समिति, प्रहरी चौकी, ब्यवसायी, विद्यार्थी, खेलाडि, स्थानिय नागरिकले उल्टो हिँडेर पैदल यात्राको अभियान सुरु गरेका ऋषि परियार सम्मान गर्दै उपहार समेत प्रदान गर्नु भएको थियो ।
काठमाण्डौ टेलरीङ सेन्टरको तर्फवाट राष्ट्रिय पोशाक तथा नगद समेत प्रदान गरिएको थियो भने उद्योग बाणिज्य संघको तर्फवाट अभियानमा सहयोग पुराउन १ हजार रुपैया समेत प्रदान गरिएको थियो ।
हातले टेकेर यसअघि विश्व रेकर्ड गिनिज बुकमा नाम लेखाउन सफल ऋषि परियारले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उल्टो हिँडेर पैदल यात्राको अभियान सुरु गर्नु भएको थियो ।
स्वास्थ्यका लागि मेची– महाकाली उल्टो पैदल यात्रा’ नाराका साथ यो अभियान सुरु गरेको परियारले बताउदै स्वागत तथा शुभकामनाको लागि सिसहनिया मा उपस्थीत सबैलाई धन्यवाद समेत दिनुभएको छ । आफूले गर्ने गतिविधिहरू नयाँ र रोचक हुने भएकाले यसपटक पैदल यात्रा सुरु गरेको परियारको भनाई रहको छ ।