७७ वटै जिल्लामा टुंगियो कांग्रेसको नेतृत्व, संस्थापनले ४४ सभापति जित्दा ३३ जिल्लामा इतर

फागुन ३०, २०७८


फागुन ३०, नेपाली कांग्रेसले ७७ वटै जिल्लाको अधिवेशन सम्पन्न गरेको छ । पार्टीको महाधिवेशन अघि ६१ जिल्लाको नेतृत्व चयन गरेको थियो । मतदानमा विवाद भएपछि मधेश प्रदेशका केही जिल्लासहित १६ वटा जिल्लामा नेतृत्व चयन हुन सकेको थिएन । केन्द्रीय महाधिवेशन सकिएलगत्तै बाँकी रहेका जिल्लाको अधिवेशन सम्पन्न गर्न कांग्रेस होमिएको थियो ।

आइतबार रातीसम्म १६ वटै जिल्लाको नेतृत्व चयन भए सँगै कांग्रेसले ७७ वटै जिल्लामा अधिवेशन सम्पन्न गरेको हो । केन्द्रमा जस्तै जिल्ला अधिवेशनमा पनि संस्थापन पक्ष र इतर पक्षबीच कडा प्रतिस्पर्धा देखिएको छ । ७७ जिल्लामध्य संस्थापन पक्षका ४४ जिल्ला र इतर पक्षले ३३ जिल्लामा सभापति जितेको छ ।