प्लाष्टिकजन्य वस्तुबाट हस्तकला निर्माण सम्बन्धि सिपमुललक तालिम समापन

चैत ०३, २०७८


घोराही, २ चैत

प्लाष्टिकजन्य वस्तुबाट हस्तकला निर्माण सम्बन्धि ७ दिने सिपमुललक तालिम बुधबार एक कार्यक्रम गरी समापन गरिएको छ । घोराही उपमहानगरपालिका वडा नंम्वर १४ को संयोजन तथा घोराही उपमहानगरपालिका अन्तरगतको उद्योग तथा व्यवसाय प्रवद्र्धन शाखा तथा सरसफाई व्यवस्थापन शाखाको आयोजनामा फागुन २५ गतेदेखी सुरु भएको सिपमुलक तालिमको उपमहानगरका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी समापन गरएको हो ।

आर्थिक समृद्धिको आधार, लगु उद्यम मार्फत रोजगार, घर वरिपरिका विकार, लघु उद्यमको आधार भन्ने नाराका साथ सम्पन्न गरिएको कार्यक्रममा बोल्ने बक्ताहरुले प्लाष्टिक जन्य फोहरलाई हस्तकलाका माध्यमबाट पुनः प्रयोग गर्दै मोहरमा बदल्न सकिने बताएका थिए । वडा अध्यक्ष शक्तिराम डागीको अध्यक्षतामा सुरुभएको कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले प्रत्येक नागरिकले आफुभित्रको क्षमतालाई चिनेर उद्यमसिलतासँग जोडिदै सफलताको बाटोमा अघि बढ्न आग्रह गर्नुभयो । ७ दिने तालिममा सिकेका कुरालाई सीप, कला र ज्ञानका रुपमा ग्रहण गर्दै व्यवहारिकतामा कार्यान्वयन गरी आर्थिक सम्पन्ताको बाटोमा अघि बढ्न उहाँले सुझाव दिनुभयो ।

यस्तै कार्यक्रममा वडा अध्यक्ष शक्तिराम डाँगी, सरसफाई व्यवस्थापन शाखाका प्रमुख लक्षमण डाँगी, उद्योग तथा व्यवसाय प्रवद्र्धन शाखाका प्रमुख ईश्वरराज पाण्डेय, तालिमका प्रमुख प्रशिक्षक श्रीरेन्द्र प्रकाश पोख्रेल, दाङ जिल्ला उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष रामप्रसाद पोखरेलले फोहरका रुपमा फालिने प्लाष्टिक जन्य बस्तुबाट हस्तकलाका माध्यमबाट उत्पदन भएका बस्तुको बजारीकरणका लागी सहजिकरण गर्र्ने बताउनु भएको छ । समापन कार्यक्रमको सहजिकरण उद्योग शाखाका सहजकर्ता चन्द्रबहादुर बुढाले गर्नुभएको थियो ।।