राप्तीमा जेष्ठ नागरिकको राम्रो स्याहार सुसार गरेका घर परिवारलाई सम्मान

चैत ०३, २०७८     तिर्थराज ज्ञवाली


चैत्र ३, दाङ ।
जेष्ठ नागरिकको राम्रो स्याहार सुसार गरेका घर परिवारका छोरा बुहारी तथा छोरी ज्वाईलाई प्रोत्साहनका लागि सम्मान गरिएको छ ।
राप्ती गाउँपालिकाको नियमित कार्यक्रम अन्तरगत जेष्ठ नागरिकको पालन पोषण समुदायमा राम्रो होस भनी स्याहार सुसार राम्रो गरेका परिवारका सदस्यहरुलाई दोसल्ला तथा प्रमाणपत्रको साथ सम्मान गरिएको हो ।
राप्ती गाउँपालिकाका नौ वटा वडाबाट ३६ जोडिलाई गाउँपालिकाले सम्मान गरेको हो । प्रत्यक वडा बाट ४ जोडीका दरले श्रीमान श्रीमतिलाई सम्मान गरिएको छ ।
राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यतामा भएको कार्यक्रम गाउँपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले समायोजन गरेको हो ।
आगामी दिनमा जेष्ठ नागरिकको राम्रो स्याहार सुसार तथा पालन पोषणमा सहयोग पुराउने उदेश्य साथै जेष्ठ नागरिकले घर परिवारमा तिरस्कार, दुख नपाउनका लागि सजकता दिलाउन जेष्ठ नागरिकलाई राम्रो स्याहार गर्ने छोरा बुहारी तथा छोरी ज्वाईलाई प्रोत्साहनका लागि सम्मान गरिएको छ ।