हात्तीपाइले फाईलेरिया रोग विरुद्ध औषधि खुवाउन घर दैलो

चैत ०३, २०७८     तिर्थराज ज्ञवाली


चैत्र ३,  दाङ ।
राप्ती गाउँपालिकाको वडा नं ८ अन्तरगतका १० टोलमा हात्तीपाइले फाईलेरिया रोग विरुद्ध औषधि खुवाउन घर दैलो कार्यक्रम गरिएको छ ।
हात्तीपाइले फाईलेरिया रोगबाट नागरिकलाई बचाउने उदेश्यका साथ वडा नं ८ का सबै नागरिकलाई औषधि खुवाउन घर दैलो गरिएको हो ।
सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षतामा भएको घर दैलो कार्यक्रमको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले उद्घाटन गर्नु भएको हो ।
घरघरै गएर स्वास्थ्य कर्मीद्धारा औषधि खुवाउने कार्यक्रम अन्तरगत उल्लेख्य स्वास्थ्य कर्मी प्रयोग गरिएको छ ।
हात्तीपाइले फाईलेरिया रोग मानिसलाई नराम्रोगरी शारिरीक रुपमा असक्त, असमर्थ तथा अपाङ बनाउने सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजिवीबाट संक्रमण भए पछि लाग्छ । क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ्य मानिसलाई टोकेर यी परजिवीहरू मानव शरीरमा प्रवेश गरेपछि यो रोग लाग्ने घर दैलो कार्यक्रममा जानकारी समेत गरिएको छ ।
घर दैलो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, जिल्ला जनस्वास्थ्य कार्यालयका कमल चन्द, वडा नं ८ का वडा अध्यक्ष गोकर्ण बहादुर राना, स्वास्थ्य संयोजक नारायण रावत, वडा सदस्यहरु, टोल कमिटि संयोजकलगायतको सहभागितामा नागरिकलाई हात्तीपाइले फाईलेरिया रोग विरुद्ध औषधि खुवाईएको छ ।