दिवंगत डाँगीको सम्झनामा रक्तदान

चैत ०३, २०७८


तुलसीपुर, ३ चैत ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं। ५ निवासी दिवंगत हिरा डाँगीको दोस्रो स्मृति दिवसका अवसरमा तुलसीपुरमा रक्तदान गरिएको छ । हिरा डाँगी फाउन्डेशनको आयोजनामा बिहीबार रक्तदान गरिएको हो । त्यस अवसरमा ३० जनाले रक्तदान गरेका थिए ।

फाउन्डेसनका अध्यक्ष प्रकाश डाँगीको अध्यक्षता तथा नामीनगर युवा क्लबका अध्यक्ष विनोद चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । खेर जाने रगतलाई सदुपयोग गर्नु पर्ने भन्दै यस्तो कार्यक्रमको आयोजना गरिएको हो । रगत नपाएर कसैले पनि अल्पायूमा ज्यान गुमाउन नपरोस भन्दै यस्तो कार्यक्रम आयोजना गरिएको हिराका दाइ भुपेशले बताए ।

दिवंगत डाँगीको पनि रगत बगेर मृत्यु भएको भन्दै अरूले रगत अभाबकै कारण ज्यान गुमाउन नपरोस भनी यस्तो कार्य गरिएको उनको भनाई छ । फाउन्डेशनले डाँगीको सम्झनामा विभिन्न सामाजिक काम गर्दै आएको छ । पीडितले डाँगीको सम्झनामा आफूहरूले सधै सामाजिक काम गर्ने बताए ।  गएको बर्ष खेलकूद प्रतियोगिता आयोजना गरिएको थियो । डाँगीको खुकरी प्रहार गरि हत्या गरिएको थियो ।