पाल्पामा एक महिनामा २९ जना महिला हराए

चैत ०४, २०७८


पाल्पामा गत एक महिनामा २९ जना महिला घरबाट हराएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले गत फागुन महिनाको कार्य विवरण सार्वजानिक गर्दै एक महिनाको अन्तरालमा २९ जना महिला हराएको उजुरी परेको जानकारी दिएको हो ।

त्यस्तै ५ जना बालबालिका र एक जना जेष्ठ नागरिक हराएका छन् । ती मध्ये २५ जना महिला फेला परेका छन् । ५ जना बेपत्ता छन् । फागुन महिनाभर २७ वटा घरेलु हिंसाका उजुरी परेका थिए ।

ती सबैको मिलापत्र गरिएको पाल्पाका सुचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए ।