पल शाहको साबिती बयान: विवाह गर्न नमान्दा बलात्कारको झुटो आरोप लगाइयो

चैत ०४, २०७८


काठमाडौं ४ चैत ।

नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोग लागेका कलाकार पल शाहले आफूविरुद्ध लगाइएको आरोप झुटो भएको साबिती बयान दिएका छन्।

जिल्ला सरकारी वकिलको कार्यालय नवलपुरले बिहीबार जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा उल्लेखित साबिती बयानमा शाहले विवाह गर्न नमान्दा झुटो उजुरी दिएर फसाउन खोजिएको बताएका छन्।

पीडित भनिएकी गायिका ९नाबालिग०ले आफूलाई प्रेमिका वा श्रीमती भनेर चिनाउनु पर्ने भन्ने सर्त राखेको, तर आफूले उक्त कुरा अस्वीकार गरेपछि बलात्कारको आरोप लगाइएको शाहले बयान दिएका छन्।

यस्तो छ पल शाहको बयान
म विगत १० बर्षदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरी मोडल तथा नायकको भूमिकामा काम गर्दै आइरहेको छु। यसै क्रममा २०७७ साल चैत्र महिनाको पहिलो हप्ता काजिश श्रेष्ठ, शान थापा, शिब बिकले निर्देशन गरेको सुर्ति माड्दै माड्दै, चरीले, तामा पित्तल, छड्के सलाम भन्ने गीतको म्युजिक भिडियो सुटिङको लागि सम्झौता भएको थियो। २०७७ चैत ४ गते काठमाडौंबाट नवलपरासीको कावासोती आइ लोकेशन ९भिडियो सुटिङ गर्ने ठाउँ० हेरी बसेको हो। अर्को दिन ५ गते ुचरीलेु भन्ने गीतको म्युजिक भिडियोको सुटिङ गरिसकेपश्चात हाल पीडित भनिएकी गायिका सुर्ती माड्दा माड्दै गीतको म्युजिक भिडियो सुटिङको लागि आएकी थिइन्। उनी थारु कल्चर भन्ने ठाँउमा अरु केटी मोडलसँग बास बसेकी थिइन्। अर्को दिन ६ गते सुर्ती माड्दै माड्दै गीतको गायिका तथा नायिका पीडितसँग मैले सुटिङ गर्दै जाँदा नभ्याइएकाले सुटिङ युनिट सबैजना चितवन जिल्लाको सौराहा भन्ने ठाँउमा गइ बसेको हो।

७ गते बिहान सौराहामा ुतामा पित्तलू भन्ने गीतको म्युजिक भिडियो सुटिङ गरी बेलुका खाना खाइ राति १२स् १५ बजे सुटिङको टिममध्ये क्यामराम्यान निर्देशक, म र पीडित गैँडाकोट रिसोर्टमा आयौं। त्यहाँ म समेतले रक्सी सेवन गरेको हो। उक्त समयमा पीडित कोठामा सुतेकी थिइन्। पछि सुटिङ युनिट आइपुगेपछि हामी आ–आफ्नो कोठामा सुत्न गएका हौं। अर्को दिन ८ गते छड्के सलाम गीतको सुटिङका लागी सुटिङस्थल जाने क्रममा होटलका साहूले पीडित भनिएकी गायिका राती आफ्नो छोरीसँग सुतेको भनी बताएका थिए। त्यसपछि हामी नारायणी पुलमा गइ सुटिङ गरेका हौं। सोही दिन अन्दाजी रातको साढे १० बजेको समयमा सुटिङ युनिटसहित गैँडाकोट रिसोर्टमा आइ बसेको हो।

म उक्त रिसोर्टको कोठा नम्बर १०१ मा बसेको थिए भने पीडित कोठा नम्बर १०२ मा बसेकी थिइन्। म र पीडित सुत्ने कोठा सँगसँगै भएको कारणले म रातको साढे ११ बजेतिर पीडितको कोठामा जाँदा हिजो उनलाई एक्लै सुत्दा डर लागेको र होटल सञ्चालकको छोरीसँग सुतेको कुरा मैले थाहा पाएकोले तिमीलाई हिजोको जस्तो डर त लागेको छैन निरु ल राम्रोसँग सुत भनी म आफ्नो कोठामा गइ सुतेको हो।

अर्को दिन ९ गते विहान उक्त रिसोर्टमा सुर्ति माड्दा माड्दै गीतको केही अंश सुटिङ्ग गरि नारायणी पुल नदी किनारामा छड्के सलाम गीतको भिडियो अञ्जली अधिकारी, सुधीर श्रेष्ठ र म समेतका कलाकारले सुटिङ सकेर काठमाडौं फर्किएको हो। काठमाडौं फर्कीएपछि म र पीडितले भिडियो प्रोमोशनको लागि अन्तर्वार्ता दिने गरेका थियौं। हामीहरुबीच राम्रै म्यासेजहरु आदान–प्रदान भइरहेको थियो। २०७८ सालको वैशाख महिनामा तनहुँमा म्युजिक भीडियोहरुको सुटिङ सकेपछि त्यसको करिब एक, दुई महिनापछि पीडितले मलाई फोन गरी ुतपाईंको र मेरो बारेमा बाहिर स्टुडियोहरुमा कुरा काटिरहेका छन् भनेकी थिइन्। त्यसपछि हामी बीचमा विवाद सिर्जना हुँदै जाँदा गजब टिभीका संचालक सरोज वली, दुर्गेश भन्ने दुर्गाबहादुर थापा, योगेश काजीसँग यो विवादको विषयमा सल्लाह लिएको हो।

सोही विवादको विषयमा २०७८ साल असार महिनामा मध्यबानेश्वरस्थित होटलमा निजहरु तथा म र पीडित समेत बसी छलफल गर्दा आजै पीडितसँग विवाह गर्ने भनि जोड गरेको हुँदा तीन बर्षसम्म हामिसँगै मिली काम गर्ने र पीडित २० बर्ष पुगेपछि विवाह गर्ने भनी हामीबीच मौखिक सहमती भएको हो। पुनः पीडितले मलाईं तपाईको ग्रलफ्रेन्ड वा श्रीमतीको रुपमा चिनाउनु पर्‍यो भनी बारम्बार म्यासेज गर्न थालेपछि मैले तिमी आफ्नो तरीकाले गर भनी वादविवाद भएको थियो। त्यसको केही समयपछि निज पीडितको तर्फबाट जिल्ला प्रहरी कार्यालय तनहुँमा म उपर उजुरी परेको हुँदा म मिति २०७८ फागुन १५ गते प्रहरी कार्यालयमा उपस्थित भएकोमा इलाका प्रहरी कार्यालय गैँडाकोटमा समेत मविरुद्द उजुरी परेकोले मलाइ मिति फागुन २३ गते उक्त कार्यालयमा ल्याइएको हो।

मिति २०७७ चैत्र ७ गते राति रिसोर्टमा मैले मादक पदार्थ सेवन गरेको हो। मैले पीडितलाई मादक पदार्थ सेवन गराई जबरजस्ती करणी गरेको भन्ने व्यहोरा झुटा हो। पीडित तथा जाहेरवालाले म उपर किन जाहेरी दिए मलाई थाहा भएन। म र पीडित बीच प्रेम सम्बन्ध थिएन। बाहिर आएको अडियो क्लिप मिति २०७८ साल असार महिनामा हामी बीच भएको छलफलको अडियो क्लिप हो।

उक्त अडियोमा भएको आवाज मेरो हो। त्यसका केही आवाज भने मेरो नभएको जस्तो लाग्छ। उक्त अडियो क्लिपमा भएको शब्द मैले प्रतिवाद गर्दा उच्चारण भएको हो। मलाई पीडितले स्वीकार गर्नुपर्छ भनेको हुँदा मैले केही ठोस प्रमाण भएमा देखाउनुहोस् भन्दै अरु प्रेमी–प्रेमीकाको उदाहरणसहित स्पष्ट पारेको हो।

निजलाई मैले जबरजस्ती करणी गरेको होइन। सुटिङ सकिएपछि सबै आ–आफ्नो कोठामा जाने क्रममा मेरो र पीडित सुत्ने कोठा सँगै भएको कारणले तिमीलाई हिजोको जस्तो डर त लागेको छैन निरु ल राम्रोसँग सुत भनि म आफ्नो कोठामा गइ सुतेको हो।