दंगिशरण २ मा १२ जनाले नेपाली काँग्रेसमा प्रवेस गरे

चैत ०४, २०७८     देविराम कुसारी


गाेल्टकुरी, ४  चैत्र ।

दंगिशरण २ सरुवाडाडामा विभिन्न पार्टि परित्याग गरी १२ जनाले नेपाली काँग्रेसमा प्रवेस गरेका छन् । नेपाली काँग्रेस टाेल इकाई समिति दंगिशरण २ सरुवाडाडाकाे आयाेजनामा भएकाे हाेली विशेष कार्यक्रममा दंगिशरण २ का लक्ष्मण विक, अभिषेक विक, किरण परियार, सुरज विक, प्रदिप चाैधरीलाई कार्यक्रमका प्रमुख अथिति केन्द्रिय सदस्य गेहेन्द्र गिरिले पार्टि सदस्यता प्रदान गरी प्रेवस गराउनु भएकाे हाे । कार्यक्रममा गाम बहादुर वली, गुरुप्रशाद खड्का, लक्ष्मण वस्नेत, यम बहादुर विक, भीष्म पुन, दुर्गाप्रसाद घर्ति र अम्मर भण्डारीले पनि विभिन्न पार्टि परित्याग गरी नेपाली काँग्रेसमा प्रवेस गर्नु भएकाे छ ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरीले एम सि सि का बारेमा एमालेले गरेकाे भ्रमकाे खेतिकाे अन्त्य हुने बताउनु भएकाे छ । कार्यक्रमकाे प्रमुख आथितिकाे आषण वाट बाेल्दै केन्द्रिय सदस्य गिरीले एम सि सि का वारेमा एमालेले दाेक्ला भुमिका निर्वाह गरेकाे आराेप लगाउनु भएकाे छ । आफैले एम सि सि सम्झाैतामा हस्ताक्षर गर्ने, विराेधमा राेष्टम घेर्ने र मइतिघर मण्डलामा देखाएकाे नाटकिय प्रवृतिलाई जनताले याे चुनावमा नराम्राे झापट हन्ने वताउनु भयाे ।

टाेल इकाई सभापति गेहेन्द्र खड्काकाे सभापतित्वमा भएकाे कार्यक्रममा विशिष्ट अथिति तथा काँग्रस दाङका सहसचिव शुवाेध डागी, जिल्ला सदस्य शाेभाखर न्याैपाने, क्षेत्र नम्वर ३ ख का सभापती खिमबहादुर वली, दंगिशरण सभापती शम्भु गिरी, दंगशरण गाउँपालिका उपाध्यक्ष पिमा खड्का, महाधिवेशन प्रतिनिधि अरुण लहरे लगाएतले बाेल्नुभएकाे थियाे । ईकाइ सचिव मेघबहादुर खत्रीकाे स्वागत मन्तव्यवाट सुरु भएकाे कार्यक्रममा क्षेत्र नम्वर ३ क का सचिव किरण केसी, ख का सहसचिव रमेश भण्डारी, विपि विचार राष्ट्रिय समाजका जिल्ला सचिव रुपलाल वस्नेत, जिल्ला सदस्य गिता पाैडेल, दंगिशरण २ का सभापती शरदिन कुसारी, क्षेत्रिय प्रतिनिधि प्रकासमान वली, तुलसीराम देवकाेटा, लक्ष्मण देवकाेटा, तिलकबहादुर डागी, अर्जुन केसी, सीता डागी लगाएतले बाेल्नुभएकाे थियाे । कार्यक्रमकाे सहजिकरण क्षेत्रिय प्रतिनिधि देविराम कुसारीले गर्नु भएकाे थियाे ।