दाङ प्युठानको सिमाना सेतोपहरेमा बस दुर्घटना

चैत ०५, २०७८


दाङ, ५ चैत ।

प्युठानबाट दाङको घोराहीतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको छ ।
प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर २ सेतो पहर नजिक बस दुर्घटना हुँदा एक बालकको घटना स्थलमा मृत्युु भएको छ भने अन्य यात्रु घाईते भएका छन् । मृत्युको आधिकारिक पुष्ठी भने हुन सकेको छैन । ना ३ ख ७१३२ नम्बरको बसमा सवार करिव एक दर्जन बढी यात्रु घाईते भएको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटना साढे १० बजेतिर भएको हो ।
बसमा कति यात्रु थिए भन्ने अझै पत्ता लागेको छैन । घटना स्थलमा अहिले बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वली सहित स्थानीय उद्धारमा खटिएका छन् । दाङ प्युठान सिमाना नजिक भएको उक्त दुर्घटनाका
घाईतेलाई अहिले स्थानीयले उद्धार गरि मुर्कुटी अस्पतालमा लगेका छन् । घटना स्थलमा अहिले प्रहरी टोली जाँदैछ । बस तीव्र गतिका दुर्घटनामा परेका घाइते सुरेश खत्रीले बताए ।