जेसिज तुलसीपुरद्वारा राष्ट्रिय उपाध्यक्षसंग भेटघाट

चैत ०५, २०७८


 तुलसीपुर,५ चैत ।

तुलसीपुर नगर जेसिजले आफ्नो निरुपित राष्ट्रिय उपाध्यक्ष सन्दिप अग्रहरीसंग भेटघाट गरेको छ । अध्यक्ष केशवराज केसीको अध्यक्षता तथा राष्ट्रिय उपाध्यक्ष अग्रहरीको प्मुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा तुलसीपुर नगर जेसिजका कार्यकारिणी उपाध्यक्ष सन्दिप भुसाल, अध्यक्ष सल्लाहकार वसन्त भण्डारी , पूर्वध्यक्ष दिपेस भण्डारीले जिज्ञासा राखेका थिए ।

त्यस अवसरमा महासचिवले अहिले सम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए । प्रमुख अतिथि अग्रहरीले तुलसीपुर जेसिजले गर्ने विभिन्न कार्यक्रम समय सान्दर्भिक रहेको र त्यसको आफूहरुले उच्च मूल्यांकन गरेको बताए । कार्यक्रममा अतिथि सत्कार संयोजक सुरज ज्ञवालीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए, भने आस्था पाठ जनसम्पर्क अधिकारी माधब प्रसाद न्यौपानेले गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिव पूर्ण बिक्रम डाँगीले गरेको प्रबक्ता छविकुमार वलीले जानकारी दिए ।