दंगिशरण २ मा नेविसंघ गठन

चैत ०५, २०७८     देविराम कुसारी


गाेल्टाकुरी, ५ चैत्र ।

दंगिशरण २ गाेल्टाकुरीमा नेपाली काँग्रेसकाे भात्री संगठन नेपाल विद्यार्थी संघ गठन गरिएकाे छ । वडा इकाई समितिका सभापती सरदिन कुसारीकाे अध्यक्षतामा भएकाे भेलाले नवीन देवकाेटाकाे सभापतित्वमा ५१ सदस्सिय विद्यार्थी संघ गठन गरेकाे हाे । भेलाले संघकाे उपाध्यक्षमा सञ्जय चाैधरीलाई चयन गरेकाे छ भने सचिवमा भरत केसी र काेषाध्यक्षमा पारस पुनलाई चयान गरेकाे छ । यसैविच घर घर जाउँ काँग्रेस जताओैं अभियान सुरु गरिएकाे छ ।

अभियानका प्रतिनिधि एंव माहाधिवेशन प्रतिनिधि टाेपबहादुर केसीकाे प्रमुख आथित्यतामा भएकाे अभियानकाे कार्ययाेजना तयार गरिएकाे छ । भेलाले अभियान अन्तरगत यही चैत्र १२ गते मधपुर टाेलमा, १४ गते सरुवाडाडा टाेलमा, २० गते बंगलापुर टाेलमा र २४ गते काैवाघारी टाेलमा कार्यक्रम गर्ने निर्णय गरेकाे छ । टाेल ईकाई सभापती गहेन्द्र खड्काकाे स्वागत मन्तव्य वाट सुरु भएकाे कार्यक्रममा क्षेत्रिय प्रतिनिधि एंव दंगिशरण गाँउपालिका उपाध्यक्ष पिमा खड्का, क्षेत्रिय प्रतिनिधि प्रकासमान वली, तुलसीराम देवकाेटा, पुर्व जिल्ला सदस्य गिता पाैडेल, पुर्व सचिव नन्दराम केसी, कृयासिल सदस्य डम्मरकुमारी डागी लगाएतले वाेल्नु भएकाे थियाे । कार्यक्रमकाे सहजिकरण क्षेत्रिय सचिव देविराम कुसारीले गर्नु भएकाे थियाे ।