क्षेत्रिय प्रतिनिधि कुसारीद्वारा चुनावी खर्चवाट स्टेसनरी वितरण

चैत ०६, २०७८


गाेल्टाकुरी, ६ चैत्र ।

नेपाली काँग्रेसका क्षेत्रिय प्रतिनिधि देविराम कुसारीले चुनावी खर्च बचाएर शैक्षिक सामाग्री वितरण गरेका छन् । पार्टिकाे १४ ओैं माहाधिवेशनमा भएकाे आन्तरिक चुनावि खर्च बचाएर कुसारीले दंगिशरण २ का १२ जना विपन्न परिवारका वालवालिकालाई शैक्षिक सामाग्रि वितरण गरेका हुन् । नेपाली काँग्रेस क्षेत्र नम्वर ३ ख काे सचिव पदका उप-विजेता कुसारीले चुनावकाे प्रचार प्रसारलाई कम खर्चिलाे वनाई त्यस वाट बचेकाे रकम समाजिक काममा लगाउने घाेषाणा गरेका थिए ।

यसरी बचाएकाे रकम वाट कुसारीले दंगिशरण २ का स्वस्तिका कवर, सुमिक्षा नेपाली, आयुष नेपाली, अनिस सुनार, सुनिल विक, सुवास विक लाई शैक्षिक सामाग्री वितरण गरेका हुन् । त्यसैगरी वसन्त वली, खुसी परियार, यसुदा वस्नेत, साेनिका चाैधरी, सुमिता चाैधरी र कविता सेर्पालाई पनि कुसारीले शैक्षिक सामाग्री सहयाेग गरेका छन् । त्यस अवसरमा कुसारीले खर्चिलाे र भड्किलाे हुँदै गएकाे चुनावमा गरिवकाे पनि पहुच पुगाेस भन्ने उदेश्यका साथ आफुले चुनावमा कम खर्च गरेकाे वताए । शैक्षिक सामाग्री वितरण कार्यक्रममा सहभागी भएका अभिभावकले सहयाेग सानाे भए पनि सन्देश ठुलाे भएकाे वताएका थिए । कार्यक्रममा अधिकारकर्मि रेनुका विक, विमला कुसारी, गिता वस्नेत, मानबहादुर परियार, कमला परियार, तुलाराम बस्नेत लगाएतले बाेल्नुभएकाे थियाे ।